धनुषा, जेठ १
धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् ।
निर्वाचन अघि उनको परिवारमाथि साङ्घातिक आक्रमण भएको थियो । घटनामा उनका बुबा घाइते भएका थिए ।
उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मत सहित विजयी भए । जसपा नेपालका राजकुमार मात्र ५६५ मत ल्याएका छन् ।
