पर्सा, जेठ १
पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारहरु विरोधमा उत्रेका छन् ।
पर्साका पत्रकारहरुले मतगणना स्थलमा पेन डाउन गरेर विरोध जनाएका हुन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचनाको लागि पटक–पटक सम्पर्क गर्न खोज्दा पनि कुनै चासो नलिएको र सूचना नदिएको भन्दै पत्रकारहरुले पेन डाउन गरेका हुन् ।
