धनुषा, जेठ १
धनुषाको मिथिला विहारी नगरपालिकाको वडानम्बर १ मा भएको मत गणनामा एमाले मेयरका उम्मेदवारले अग्रता लिएका छन् ।
जारी मत गणनामा एमाले मेयरका उम्मेदवार अनिलकुमार यादवले १९७ मत ल्याउँदा काँग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद यादवले १७४ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार सुर्यनारायण मण्डलले १९४ मत ल्याएका छन् । एमाले र माओवादीबीच तीन मतको फरक छ ।
