जनकपुरधाम, जेठ ४
नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको वडामा उनकै पार्टी पराजित भएको छ ।
निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका वडा नं. २ मा काँग्रेसलाई पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको हो ।
लोसपाका उम्मेदवार बुलन यादव वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ८ मत अन्तरले काँग्रेसका उम्मेदवार देवनारयाण यदावलाई पराजित गरेका हुन् ।
मतगणनाको आधिकारिक र विस्तृत घोषणा परिणाम आउन भने बाँकी छ ।
निधिले सोही वडामा मतदान गरेका थिए ।
पराजित भएका देवनारयाण यादव यस वडाको निवर्तमान वडाध्यक्ष हुन् ।
यस अघि २०७४ को निर्वाचनमा उनी काँग्रेसबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
