जनकपुरधाम, जेठ ४

नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्र जितेको छ ।

उनको घर भएको धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं ३ मा एमालेलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको हो ।

माओवादी केन्द्रका कृष्णकुमार मण्डल (श्याम) प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका अमर महासेठलाई ५२ मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

मण्डल ८६० मत ल्याएर विजयी भएका छन् भने महासेठले ८०८ मत पाए।

त्यस्तै तेश्रो नम्बरमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सत्यनारायण मण्डलले २०२ मत मात्र ल्याउन सफल भए।