महोतरी, जेठ ४

महोतरीको मनरासिस्वा नगरपालिकामा मेयर उपमेयर नेपाली काग्रेसले जितेको छ ।

काँग्रेसबाट मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका छन् । उनले ५८८४ मत ल्याएर विजयी भएका हुन् ।

। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेद्वार महेन्द्र यादव ४९२० मत पाएका छन् ।

त्यस्तै निवर्तमान मेयर लोसपाका मेयद पदका उम्मेदवार संजयकुमार सिंह २७७२ मतमा सिमित भएका छन् ।

उनी २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट विजयी भएका थिए ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी सकुन्तला देवीले ५७४५ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी जसपाकी निर्माला देवी सिंह ४८४२ मत ल्याएकी छन् ।