पर्सा, जेठ ६
स्थानीय निर्वाचन २०७९ मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पराजित भएकी छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट चुनाव लडेकी खातुन तेश्रो नम्बर मत ल्याएर पराजित भएकी हुन् ।
त्यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर गाउँपालिका उपाध्यक्ष पदमा विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याएकी छन्।
तेस्रो नम्बरमा मुख्यमन्त्रीकी पत्नी जलेखा खातुन ३१२३ मत ल्याए सिमित भइन्।
मुख्यमन्त्री राउत आफ्नी पत्नी जलेखलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुन पार्टी परित्याग गरेकी थिइन्।
