सप्तरी, जेठ ८

सप्तरीको छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ ।

गाउँपालिका अध्यक्षमा विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादव विजयी भएकी हुन् ।

२६ वर्षीय चौधरीले १ हजार १ सय २९ मतअन्तरले गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत प्राप्त गरेकी छिन् ।