जनकपुरधाम, जेठ ८

जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र मनोज कुमार साह सुडीले १० हजार मत कटाएका छन् ।

स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनले १० हजार १२५ मत पाएकी हुन् । यसैगरी एमालेका शिव शंकर साहले ८ हजार ३६२ मत पाउँदा जसपाका लालकिशोर साहले ४०४३ मत पाएका छन् ।

यस्तै लोसपाका मनोज चौधरीले ३९९२ मत तथा अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३१४६ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका किशोरी साहले ११ हजार ६१६ मतका साथ अग्रता बनाइरहेका छन् ।