सिरहा, जेठ १०

सिरहाको मिर्चैया–कल्याणपुर–सिरहा सडक खण्डको अस्था अत्यन्त जीर्ण बनेको छ ।

केहि दिन यता परेको वर्षाले सो सडक खण्डको अवस्था झनै अस्तव्यस्त बनेको छ । यातायात सञ्चालन तथा आउजाउ गर्न सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

वर्षौदेखि सो सडकको अवस्था जीर्ण भएपनि सम्बन्धीत निकायले अझैसम्म मर्मत सम्भार एवं पुनुरनिर्माण गर्न चाँसे नदेखाएको स्थानीयको गुनासो छ ।

गएको चैत १ गते तामझामका साथ सिरहा–कल्याणपुर– मिर्चैया सडक खण्ड दुईलेन निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेशसभा सदस्य सुरेश मण्डले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्ड पहिलो चरणमा ११ मिटर चौडाई र ८. ५ किलोमिटर सडक निर्माण गर्ने जनाएको थियो ।

सो सडकको शिलान्यास भएपनि हालसम्म सो सडक निर्माणको काम सुरु नभएको स्थानीय मोहित कुमार मण्डलले गुनासो गरे ।

सो सडक मर्मत सम्भार समेत समयमा नहुँदा सर्वसाधारणले वर्षा याममा झनै सास्ती भोग्नु परेको उनले दुखेसो पोखे ।