जनकपुर, असार १
मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् ।
मधेश प्रदेश सरकारले ल्याएको बजेटमा साईकल देखि लैपटप वितरण सम्म रहेको छ ।
प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ बजेट रहेको छ । भने वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार दुई सय रुपैयाँ, आन्तरिक राजस्वबाट चार अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रुपैयाँ रहेको अर्थमन्त्री साहले जनाएको छ ।
संघीय सरकारबाट राजस्व बाँडफाडबापत ११ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख रुपैयाँ र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
त्यसैगरी विशेष अुनदानबाट ४९ करोड रुपैयाँ र समपुरक अनुदानबाट ७८ करोड रुपैयाँ, सःसर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख रुपैयाँ र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार रुपैयाँ गरी ४५ अर्ब चार करोड ९९ लाख २८ हजार रुपैयाँ हुँदा १ अर्ब ८२ करोड १० लाख १८ हजार दुई रुपैयाँ मात्र ऋण रहेको देखिन्छ ।
सो ऋण पूर्ति गर्नका लागि अगामी वर्षमा आन्तिरक ऋण परिचालन गरिने जनाइएको छ ।
