काठमाण्डौ, असार ५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बनिरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको बताए ।

उनले भने, ‘हामी करिव करिव पूर्व माओवादीहरू एक ठाउँमा आउँने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ ।’ अघि थप्दैँ उनले भने, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’

उनले संघीयता उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेकाले सजक रहन कर्मचारीलाई आग्रह गरे ।

कर्मचारीबाट यो पटक केन्द्रीय समितिमा समेटिने अध्यक्ष प्रचण्डको भनाई छ ।