खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १६

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् अधिकांशहरु घरहरु चर्किएका छन् ।

बझाङमा ५ जना बालबालिका र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रज्वलन महर्जनले जानकारी दिए ।

घाइतेहरुको अवस्था भने समान्य रहेको जनाइएको छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पले गर्दा बझाङमा पहिरो पनि खसेको छ । पहिरोले गर्दा जय पृथ्वीबहादुर राजमार्गको बझाङ सडकखण्ड अवरुद्ध भएको उनले बताए । आज मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।

भुकम्पका कारण भएको यकिन क्षतीको विवरणका लागि जिल्ला प्रशासन कार्यालय बझाङले कार्य थाल्ने जनाएको छ ।

बझाङमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प