
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १
शङ्कास्पद पोस्टमार्टम रिपोर्ट तयार पारेको भन्दै नेपाल मेडिकल काउन्सिलले आतरीको पोस्टमार्टम रिपोर्ट त्रुटिपुर्ण रहेको स्वीकार्दै प्रादेशिक अस्पताल जनकपुरका तीन जना डाक्टरलाई चेतावनी दिएको छ ।
दिवंगत आरती साहको शवको पोस्टमार्टम रिपोर्टमा प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरु अवधेशकान्त झा, दिग्विजय ठाकुर र जितेन्द्रकुमार साहलाई अन्तिम चेतावनी समेत दिएको हो ।
प्रादेशिक अस्पताल जनकपुरले आरती साहको पोस्टमार्टम रिपोर्टमा हुनुपर्ने विस्तृत विवरण नभएको र त्रुटि भएको स्वीकार नेपाल मेडिकल काउन्सिलले स्वीकारेको हो ।
आरती साहको हत्या नै भएको आशङ्का गर्दै उनको माइती पक्षले शरीरको चोट मात्रै नभई पोस्टमार्टम रिपोर्ट पनि आधार रहेको दावी गर्दै आएको थियो । पोस्टमार्टम रिपोर्टमा आरती झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख गरिएको छ । पोस्टमार्टम रिपोर्टमा गालामा रहेको चोट भित्री भागसम्म भएको पनि उल्लेख गरिएको छ ।
तर शरीरका अन्य भागको चोटका बारेमा भने केही उल्लेख गरिएको छैन । निर्मलादेवीको परिवारले पोस्टमार्टम रिपोर्ट नै जथाभावी लेखेको दाबी गर्दै आएको छ । भने पोस्टमार्टम रिपोर्ट दिने डाक्टरहरू विरुद्ध मेडिकल काउन्सिलमा उजुरी दिएको थियो ।
गत भदौँ ३ मा उजुरीमाथि सुनुवाइ गर्दै काउन्सिलले पोस्टमार्टम रिपोर्टको विस्तृत विवरण नरहेको र त्रुटिपूर्ण रहेको जनाइएको छ ।
माइतघरमा धर्नामा बस्दै छोरी आरतीको हत्यारालाई कारवाहीको माग तथा धनुषाका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकले दुव्र्यवहार गरेको भन्दै काठमाडौँ स्थित माइतीघरमा आन्दोलित रहेका आरती साहका परिवारजनलाई प्रहरीले १२१ दिनमा पक्राउ गरी हिरासतमा राखेको छ ।
धनुषा प्रहरी अधिकारीहरुको तस्विर अंकित फ्लैक्स ब्यानर हटाउँदा अनसनकारीले अवरोध सृजना गरेको आरोप लगाउँदै प्रहरीले दुव्र्यवहारसहित बलप्रयोग गरी उनीहरुलाई पक्राउ गरेको थियो ।
आरतीको हत्यारालाई कारबाहीको माग गर्दै साह परिवार १ सय २१ दिनदेखि माइतीघरमा अनसनमा बस्दै आएका थिए । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आरतीका बुबा विनोद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई पक्राउ गरेको छ ।
बृहत्त नागरिक आन्दोलनले पनि शान्तिपुर्णरुपमा धर्नामा बस्दै आएका पीडित परिवारजनलाई थुनामा राखेको भन्दै आन्दोलित छन् ।
पीडित परिवारले धनुषाका प्रहरी उपरीक्षक खड्का र तत्कालीन प्रहरी नायब उपरीक्षक गौतमले पीडकको पक्षमा काम गर्न मुद्दालाई दबाउनका लागि आर्थिक चलखेल गरेको आरोप सुरु देखि नै लगाउँदै आएको छ ।
प्रहरी अधिकारीको तस्विर अंकित ब्यानर हटाउन प्रहरीद्वारा बलप्रयोग