खोजवाणी संवाददाता
जनकपुर, असोज २८

आरती साह हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्का र तत्कालिन प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले पीडित परिवारलाई कार्यालय परिसरमै दुव्र्यवहार गरी मुद्दामा चलखेल गरेको आशंका काठमाडौँमा धर्नामा बस्दै आएका परिवारजनलाई पक्राउ गरेपछि आन्दोलन झनै चर्किएको छ ।

आरती साहका बुबा विनोद साह, आमा निर्मलादेवी र भाइ प्रेमलगायतकाले हत्यारालाई कारबाहीको माग गर्दै १ सय २१ औँ दिनमा माइतीघरबाट पक्राउ गरी हिरासतमा लगेपछि बृहत्त नागरिक आन्दोलनले आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

May be an image of text

१२१ दिनसम्म काठमाडौँ स्थित माइती घरमा अनसन बस्दै आएका उनका परिवारजनलाई प्रहरीले जर्वजस्ती पक्राउ गरी हिरासतमा राखेपछि १२२ दिनपनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

आरतीका बाबु, आमा र भाइलाई अनसनस स्थलबाटै हिरासतमा लिएको भन्दै बृहत् नागरिक आन्दोलनले भत्र्सनासमेत गरेका छन् ।

आरतीको न्यायका लागि बृहत्त नागरिक आन्दोलनले काठमाडौँमा प्रहरीले बलजफ्ती पक्राउ गरी अनसनस्थलबाट ब्यानरलगायतका सामग्री हटाएर परिवारजनलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै भत्र्सना गरेका हुन् ।

May be an image of 4 people, people smiling and text

प्रहरी अधिकारीको तस्विर अंकित ब्यानर हटाउन प्रहरीद्वारा बलप्रयोग