जनकपुरधाम ।

क्रसर व्यवसायीहरु महोत्तरीको बर्दिवासमा जमघट हुने भएको छ ।

क्रसर व्यवसायीहरुको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन यही कार्तिक ३० गते बर्दिवासमा हुने भएको छ ।

सधारण सभा तथा महाधिवेशन कार्तिक ३० र मंसिर १ गते बर्दिबासमा हुन लागेको जनाएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सहसचिव मिनबहादुर शाहीले जनाएका छन् ।

सधारणा सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागी हुने छ । बर्दिबासमा हुन लागेको साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ ।

विगतमा दर्ता भएका तथा हाल नवीकरण नभएका खानी तथा क्रसर उद्योगहरुको नियमसम्मत ढंगले नवीकरण गराउने लगायतका मुख्य मागसहितका नीति तथा कार्यक्रम र भावी योजना महाधिवेशनमार्फत तयार पार्ने महासंघले जनाएको छ ।