जनकपुरधाम ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विद्यापति क्रान्तिकारी कवि रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबार विद्यापति स्मृति पर्व २०८१ को अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले उनका हरेक रचनाले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेको भन्दै त्यसबारे थप खोज र अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा एवं साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा पाँच सय भन्दा बढी रचना लेखेको स्मरण गरे ।

May be an image of 7 people, temple, dais and text

मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवसको अवसरमा बोल्दै नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले समेत पुष्टि गरेको बताए ।

उनले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यक्ता रहेको बताए ।

नेता निधिले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उनको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताए ।

साहित्यकार तथा लेखक रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बंगाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताए ।

May be an image of 2 people and dais