जनकपुरधाम ।

धनुषाको कमला नगरपालिकाले आज र भोली गरी दुई दिनको सार्वजनिक विदा दिएको छ ।

हिन्दू धर्मावलम्बीहरुले कार्तिक पुर्णिमाको दिन कमला नदीमा स्नान गर्दै पूजापाठ गरी कार्तिक पुािर्णमा मनाउनका लागि कमला नगरपालिकाले आज र शुक्रबार गरी दुई दिनको विदा दिएको कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले एक विज्ञप्ति जारी गरेको छ ।

विदाको दिन नगरपालिका अन्तर्गत्को सम्पूर्ण सामुदायिक विद्यालयहरु, वडा कार्यालयहरु, स्वस्थ्य संस्थाहरु र नगर कार्यपालिकाको कार्यालयसमेतमा सार्वजनिक विदा रहने मेयर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमला नदीको परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमला माताको पूजापाठ गरी भूत खेल्ने धार्मिक परम्परा रहेको छ ।

धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कार्तिक पुर्णिमाको अवसरमा दुई दिनसम्म चल्ने सो मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।

यस मेलाा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गर्छन् ।

उनीहरु कमला नदीमा स्नान गरेर पूजापाठ गरी भूत खेलेर कमला माताको समेत पूजापाठ गर्ने गरिन्छ ।