जलेश्वर ।

जनतासंग प्रत्यक्ष सरोकार राख्ने नियकाका अधिकांश अधिकारीहरु नै सेवाग्राहीलाई पीडा दिँदै रकम कुम्ल्याउने दाउमा रणभुल्ल रहने गरेको उदाहारण हो, जिल्ला प्रशासन कार्यालय महोत्तरी ।

प्रायः जनसरोकार राख्ने कार्यालयमा सरकारी कार्यालय सहयोगीदेखि अधिकारीहरुसम्म घुस लिनका लागि मरिहत्ते गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित रंगेहात पक्रउ गरेको हो ।

सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन दिएका थिए ।

उजुरी आएपछि अख्तियार आयोगले शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्दामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित नायव सुब्बा यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका यादवकाबारे कागजता तयार भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले पुष्टि गरेको छ ।