जनकपुरधाम । नेपाली कांग्रेसको निर्धारित चुनावी सभा एक्कासी स्थगित भएको छ । एकाएक स्थगित भएपछि विभिन्न खाले टिकाटिप्पणीहरु समेत हुन थालेको छ । पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थगित गरिएको हो । यही माघ १६ गते कांग्रेस सभापति थापाको उपस्थितिमा चुनावी सभा तय गरिएको थियो ।
निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्देशन दिएकाले चुनावीसभा स्थगित गरिएको कांग्रेसको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जनाएका छन् ।
यद्यपि चुनावी सभाको आगामी मिति तथा कार्यक्रम तालिका समअनुकूल सार्वजनिक गरिने उनको कथन छ ।