एजेन्सी, जेठ ३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स चौथो स्थानमा उक्लिएको छ।

मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाब किङ्सलाई १७ रनले हराउँदै दिल्लीले प्लेअफ सम्भावना जिवितै राखेको हो।

दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रनमा समेटियो।

पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाउँदा राहुल चाहरले अविजित २५ रन जोडे। जोनी बेयर्स्टोले २८ रन जोड्दा शिखर धवन १९ रनमा आउट भए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दिल्लीका शार्दुल ठाकुरले सर्वाधिक ४ तथा अक्षर पटेल र कुलदिप यादवले २–२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले। सर्फराज खानले ३२ रन जोड्दा ललित यादवले २४ रन बनाए। अक्षर पटेल १७ रनमा अविजित रहे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले समान ३–३ विकेट लिए।

यो जितसँगै दिल्ली अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ।

दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ।

पञ्जाब १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।

अब लिगको अन्तिम खेलमा दिल्लीले मुम्बईको सामना गर्नेछ।