एजेन्सी, जेठ ३
भारत सरकारले गहुँको निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो बनाउने घोषणा गरेको छ ।
सरकारले १३ मे वा सोभन्दा अघि गहुँको ढुवानीका लागि भन्सार विभागलाई परीक्षणका लागि बुझाएको छ वा उनीहरुको प्रणालीमा पञ्जीकृत छ, त्यस्ता गहुँलाई निर्यातका लागि मञ्जुरी दिइने निर्णय लिएको छ ।
सरकारले इजिप्ट जानका लागि काण्डाला बन्दरगाहमा लोड गर्दै गरेको गहुँको खेपलाई पनि निर्यातको अनुमति दिएको छ । इजिप्ट जाँदै गरेको ६१ हजार ५०० मेट्रिक टनमध्ये १७ हजार मेट्रिक टन गहुँ लोड हुन बाँकी छ ।
इजिप्ट सरकारको अनुरोधमा भारत सरकारले काण्डाला बन्दरगाहबाट पूरै ६१ हजार ५०० मेट्रिक टन गहुँ इजिप्ट जान अनुमति दिएको छ ।
