No description available.

                        हितेन्द्र झा

मानवसँग नजिकको सम्बन्ध राख्ने प्राणी मध्ये एक महत्वपुर्ण प्राणी चरा हो। चरा भन्ने बित्तीकै हामी सुन्दर वातावरणतथा रमनीय स्थलको सम्झना दिन्छ।बिहानीको चिरमिर देखि सुत्ने बेला सम्मको उल्लुको आवाज, उडिरहेको निलकण्ठले दिएको शुभकामना, कागले डाकेको पाहुना, शान्तीको प्रतीक परेवा जस्तै अन्य थुप्रै चराहरुले हाम्रो दिनचर्यामा भुमिका खेलिरहेको हुन्छ। तर यहि चराले हाम्रो बगैँचाको फलफुल खाईदिदा, अन्नबाली खाईदिदा, घर तथा अन्य भौतिक संरचनाको सौन्दर्य बिगार्दै गर्दा हामीलाई खिन्न भन्ने अवश्य लाग्छ।तर यि कुराहरुले चराहरुको वातावरणमा रहेको आवश्यकता तथा महत्वभने कतै पनि कम गर्दैन।
नेपालमा सन् २०१८ सम्मको तथ्याङ्क अनुसार जम्मा ८८६ प्रजाती चराचुरुङ्गी पाईन्छ। यि चराहरुको खानाको बानी, बसोबास, हावापानी आदिको आधारमा वर्गिकरण गरिएको हुन्छ। यि चराहरु वातावरणको दृष्टीको साथै जैविक विविधताको रुपले पनि असाध्यै महत्वपुर्ण रहेका छन्।यिनै विविधताको कारणहरुले कृषि पर्यायवरणमा चराको भुमिका अत्यन्तै महत्वपुर्ण हुन्छ।

कृषिमा चराको महत्व:

१) बाली शत्रु नियन्त्रण:

बाली बिरुवामा लाग्ने शत्रुजीवहरु जस्तै विभिन्न प्रकारका पिराहा कीराहरु, विभिन्न फलफुल तथा सागसब्जी खाने चरा,भण्डारित अन्नमा लाग्ने मुसा तथा अन्य ढाड भएका शत्रु जिव जस्तै मुसा आदि नियन्त्रणका लागि पनि मंशाहारी चराहरु जस्तै लाटोकोसेरो, बाजहरुले खाएर सहयोग गर्दछ।त्यस्तैगरिखुम्रेकीरानियन्त्रणको लागि हाम्रो घर पालुवा चरा, कुखुराले धेरै राम्रो सहयोग गर्ने गरेको पाइएको छ।
सन् १९५८ देखि १९६२ सम्म चीनमा चलेको द ग्रेट स्पारो क्यामपिङ्ग अन्तर्गत स्पारो ९भंगेरा० ले अन्न बाली खाएको भन्दै देश व्यापी रुपमा रहेको भंगेरा मार्ने अभियान चलाईएको थियो। जसले गर्दा करिव ४ करोड देश वासी भोकमरीको कारण मरेका थिए। यस घटनाको अनुसन्धानको क्रममा भंगेराले लाभ्रे तथा सलह जस्ता कीरालाई भंगेराले खाने गरेको तथ्य आएको थियो। तर भंगेरा मार्ने अभियान पश्चात यस्ता कीराहरुको आक्रमण बढेको र सो को कारण कृषि उत्पादन घटेर भोकमरीको अवस्था आएको थियो।

२) परागसेचन:

फूलबाट फल तथा विउ बन्नको लागि भाले फूलको पराग पोथी फूलमा पुग्न पर्ने हुन्छ जसलाई परागसेचन भन्ने गरिन्छ। यस प्रक्रियामा माहुरी पछि सब भन्दा बढी सहयोग गर्ने चराले हुन्छ।यसरी चराले कृषि उत्पादनमा पनि सहयोग गरेको पाईन्छ।

३) वीउ प्रसारण:

चराचुरुङ्गीले कृषिमा गर्ने अर्को महत्वपुर्ण सहयोग भनेको बाली बिरुवाको वीउ एक ठाँउ बाट अर्को ठाँउमा फैलाएर गरिदिनु हो।आहाराको लागि चराले टिपेको फल तथा बिस्टामा हुने वीउबाट प्रसारण हुने गर्दछ।
यस्ता कारणहरुले चराको संरक्षणको आजको समयमा अत्यावश्यक रहेको जनाउछ। चराको संरक्षणको लागि आम मानिस देखि सरकार सम्म एक रुपले काम गर्न पर्ने आवश्यक्ता छ। चरा संरक्षणको लागि गर्न सकिने केहि उपायहरु यस प्रकार रहेका छन्।

१) चराको पहिचान:

हाम्रो स्थानिय स्तरमा रहेको चराहरूको पहिचान, तिनको जीवनशैली, खानपिन, बासस्थान, महत्व आदिको बारेमा पहिचान गर्नु पहिलो प्राथमिकतामा पर्दछ।

२) बास स्थानको सुरक्षा: वनजंगल फडानी, बढ्दो सहरिकरण र मौसम परिवर्तनले देशमा कयौँ चराहरको अस्तित्व असुरक्षीत रहेको छ। मौसम र वातावरण सुहाउदो बोटविरुवा लगाउनु पर्दछ। विभिन्न जलाशय संरक्षण पनि चराहरुको संरक्षणमा महत्वपुर्ण हुन्छ।

३) कृषि वन प्रणाली, दिगो कृषि विकासको कार्यहरु, पर्माकल्चर कर्म आदिले वातावरण संरक्षण गरि कृषि उत्पादनमा सहयोग गर्ने र चराको संरक्षण गर्न सक्दछ ।

४) चराहरुको महत्वको बारेमा किसान तथा आम जनता मा सचेतनाका विभिन्न कार्यक्रम गर्ने गराउने।

५) चराहरुको संरक्षणको लागि विभिन्न अध्ययन अनुसन्धानका कामहरुको जरुरी रहेको छ।

(झा, छैठौँ सत्रान्त, काठमाडौ फोरेष्ट्री कलेजमा अध्ययनरत्त छन् ।)