जनकपुर, असार ६
सिन्धुलीके गोलाञ्चोर गाउँपालिका वडा नम्बर २ की २२ वर्षीया राधिका कार्कीलाई जनकपुरधाममा प्रमीले करेन्ट लगाएर भएको हत्या प्रयास घटनाविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ ।
पीडित राधिकाकी आमा अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइन् ।
प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रिले पिडितकी आमाले जाहेरी दिएपछि कारवाही प्रक्रिया अगाडी बढ्ने बताए । जेठ १६ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको शरीर भरि करेन्ट लगाएका थिए ।
एक वर्षसम्म प्रेम र त्यसपछि आठ महिनासम्म प्रेमविवाह गरेर जनकपरधाम स्थित थापाचोकमा डेरा लिई दुबैजना बस्दै आएका थिए ।
तेको जेठ १६ गते राधिकाले कानूनी विवाह गरि घर लैजान दवाव दिएपछि प्रेमी अरुणले खुट्टामा करेन्ट लगाएर बेहोस पारेपछि शरीरभरि करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताइन् ।
करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डको उनको उपचार भईरहेको छ ।
कुरुवा आफन्त नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटी गार्डले राधिकाको उपचार तथा हेरबिचार गर्दै आएका छन् ।
उपचारमा संलग्न रहेका चिकित्सक डा.आश्विनीकुमार यादवका अनुसार करेन्ट लागेको कारण राधिकाको हात खुट्टाको केही औंला काम नलाग्ने अवस्थामा छ । यता राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली सहितका पदाधिकारीहरुले अस्पताल पुगेर पिडित राधिकाका अवस्थाको बारेमा जानकारी पनि लिएकी थिइन् ।



