सिरहा, असार १४

सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका वडा नम्बर ४ स्थित ठाडी टोल बस्ने ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साह छन् ।

पक्राउ परेका दुबैजनाले ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ ।
असार ११ गते दिउँसो पीडित कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको सिरहा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा लिएर बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।