जलेश्वर, असार १४

महोत्तरी प्रहरीले बिना कुनै कागजात भारतीय नम्बर प्लेटको गाडी सहित नेपाल प्रवेश गरेका तीनजनालाई नियन्त्रणमा लिएको छ । भारतबाट बिना कुनै कागजात र भन्सार समेत नकटाई नेपाल प्रवेश गरेको भन्दै तीन वटा गाडीसहित तीन जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार दिउँसो १ः१० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका ५ पर्सापतैली चौरीया टोल स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकि पर्सापतैलीबाट खटेको प्रहरी टोलिले आकस्मिक चेक जाँच गर्ने क्रममा गाडी सहित तीनजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकश विष्टले जानकारी दिए।

प्रहरीले डिएल ९ सीक्युएस २६८१ नम्बरको मारुती सुजुकी कार, बीआर ०६ बीवाई ५५४५ नम्बरको मारुती कार र त्यसका चालक भारतको सितामढी जिल्लाको केशवपुरपुरा ग्राम पञ्चायत ३ का २४ वर्षीय अमरेश कुमार, बीआर ३० एम ७५७४ नम्बरको मोटरसाइकल र त्यसमा सवार बैरगामा ग्रामपञ्चायत ९ का २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई पक्राउ गरिएको प्रवक्ता विष्टले जानकारी दिए।

No description available.

प्रवक्ता विष्टले पक्राउ गरिएका भरतीय सवारी साधनहरुको कुनैपनि किसिमको कागजपत्र तथा नेपाल प्रवेश गर्ने भन्सार अनुमती समेत नपाईएकाले पक्राउ गरी आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा बुझाइएको जनाएका छन् ।

No description available.