सर्लाही, असार १४

सर्लाहीमा एकै दिनमा जिल्लाको विभिन्न स्थानबाट लाागूऔषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध सहित सुनसरीको धरान उपमहानगरपालिका ७ का २० वर्षीय एलिक्स राई, सर्लाहीको लालबन्दी नगरपालिका १ का २० वर्षीय जितेन्द्र कुमार महतो, २४ वर्षीय रविन कुमार महतो र रौतहटको चन्द्रपुर नगरपालिका २ का १९ वर्षीय सुमित चौधरीलाई पक्राउ गरेको हो ।
सोमबार राति पौने १२ बजेको समयमा कबिलासि नगरपालिका ८ अगर्वा स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको पैदल यात्री एलिक्सलाई संकाको आधारमा सशस्त्रको चेक प्वाईन्टमा खटेका सशस्त्र प्रहरी टोलिले चेक जाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १२ सय पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस्तै दिउँसो करिब पौने १२ बजे लालबन्दी १ भित्री सडक खण्डको गोरु बजार स्थित बिशेष सुचनाको आधारमा प्रहरी टोलीले ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा स्याउको खाली काटुनबाट १० केजी लागूऔषध गाँजा सहित महतोद्वयलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।

यस्तै पौने ११ बजे कबिलासि नगरपालिका ८ अगर्वा स्थित चौधरीलाई प्रहरीको गस्ती टोलीले शंकाको आधारमा चेकजाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १५० पिस सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् ।

यता यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।