जनकपुर, असार ३०

सर्लाहीबाट स्रोत नखुलेको नेपाली रकम सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला थाना कन्हौली ग्राम पञ्चायत रामनगरा– ११ का ३० वर्षीय बिजय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बिहीबाार मलंगवा नगरपालिका वडा नम्बर ८ मा गोरखकाली स्थित खटेको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा भारतको सोनवर्षा तर्फबाट नेपालको मलंगवा बजार तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गारीलाई रोकी चेकजाँच गर्दा ठाकुरले लगाएको हेलमेट भित्रबाट ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।