जनकपुर, असार ३१
अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । शुक्रबार देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।



