जनकपुर, असार ३१

जनकपुरधाममा एक घरमा छापा मार्दा प्रहरीले स्वास्थ्य सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ ।

स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मार्दा स्वास्थ्य सामग्रीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित संकटमोचन मन्दिर छेउमै रहेको एक घरमा धनुषाका प्रहरी नायब उपरीक्षक दिपक राय नेतृत्वको टोलीले सो सामग्रीसहित तीन जनालाई पक्राउ समेत गरेको धनुषा प्रहरीले पुष्टि गरेको छ ।

सो घरमा ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको समेत प्रहरीको भनाई छ ।

प्रहरी नायब उपरीक्षक रायले मेडिकल समानहरु बरामद भएकाले तत्काल कति बराबरको भन्न नसकिने बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।