जनकपुर, असार ३१
धनुषामा अवैध चाँदी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने २४ वर्षिय पंकज साह र भारत विहारको मधुवन्नी जिल्ला ग्राम खौना बस्ने २३ वर्षिय कमलेश कुमार साहलाई प्रहरीले शंकाको आधारमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा चाँदी र सवार रहेका मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ स्थित बहुअर्वा चोकमा भारत तर्फबाट आउँदै गरेको अवस्थामा प्रहरी चौकी देवडिहा धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलिले विशेष सुचनाको अधारमा ज.७.प. २७५६ नम्बरको मोटरसाईकललाई रोकी पंकज साहको शरीर खानतलाशी गर्दा पाईन्टको गोजीबाट चाँदीको पाउजु १० थान बरामद भएकोमा बरामद भएको समान, र उक्त मोटरसाईकल पछाडी सवार रहेका कमलेश कुमार साह समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रहरीले बरामद गरेको १० थान चाँदीको पाउजु तौल गराउँदा ३६२.३७ ग्राम चाँदीको ३५ हजार ८७४ रुपैयाँ रहेको र प्रहरी नियन्त्रणमा रहेको मोटरसाईकल समेत गरि अन्दाजी १ लाख ३५ हजार ८७४ रुपैयाँ बराबरका समान तथा आरोपितहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाम धनुषामा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।



