बारा, असार ३२

बारामा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । बारा प्रहरीले घटना सम्बन्धमा पक्राउ परेका दुई जना किशोरको नाम र ठेगाना भने खुलाएको छैन ।

२५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।