जनकपुर, साउन ४

धनुषाको जनकनन्दनी गाउँपालिकाबाट कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ परेकाछन् ।

कर्तव्य ज्यान मुद्दाका फरार व्यक्ति रहेका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरी चन्हा बस्ने बन्नु भन्ने विक्रम धुनियाँलाई ईलाका प्रहरी कार्यालय. खजुरीबाट खटिएको टोलीले खोज तलाश गर्दा पक्राउ परेको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक समेत रहेका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका बन्नुलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए ।