जनकपुर, साउन ४

जनकपुरधामबाट लाखौँ मूल्य बराबरको अवैध भन्सार चोरी सामग्री प्रहरीले बरामद गरेका छन् ।

२ लाख ६८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका गरि ल्याइरहेको सामग्री बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नम्बर १६ र ७ स्थितमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ज. ८ प. ४२७८ नम्बर र ज. ११ प. २३८० नम्बर को मोटरसाईकलमा प्लास्टिकको बोरामा बाँधी ल्याएका सम्राट नामक गुटखा, किराना सामग्री र मोटरसाईकल समेत गरि २ लाख ६१ हजार १०० मूल्य बराबरका सामग्रीहरु बेवारीसे अवस्थामा फेला परेकको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

No description available.

सो सामग्रीसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको उनले बताए । यसका साथै ईलाका प्रहरी कार्यालय सवैलाबाट गस्तिमा खटिएको टोलीले धनुषा सवैला नगरपालिका वडा नम्बर ८ स्थितमा भारतबाट भन्सार छलि चोरी पैठारी ल्याएका चिनीलगायतका किराना सामग्री गरी ७ हजार ५०० रुपैयाँ बराबरका बेवारीसे अवस्थामा फेला परेका सामग्रीहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको उनले बताए ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक रामसागर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले मिथिला नगरपालिका वडा नम्बर ६ स्थित ढल्केबर चोकबाट विभिन्न सवारी साधनहरु चेक जाँच गर्नेक्रममा यात्रु बाहक बसबाट डिलक्स फन्टेन, रोकेट बम्ब, ग्राउण्ड चक्र नामक पटकाजन्य सामग्री बरामद भएको धनुषाका प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

सो बरामद गरिएका नष्ट गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले बताए । सो पटाकाजन्य सामग्री बीस हजार रुपैयाँको रहेको छ ।

No description available.

#धनुषाप्रहरी