जनकपुर, साउन ५

जनकपुरबाट ज्यान मार्ने उद्योग तथा डाका मुद्दामा फरार रहेका एकजना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ स्थित रामनगरका ३५ वर्षीय गंगाप्रसाद महतो रहेका छन् ।

विशेष सूचनाका आधारमा जनकपुरधामस्थित प्रादेशिक अस्पताल नजिकैबाट महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतीले ज्यान मार्ने उद्योग र डाका मुद्दामा आरोप ठहर गर्दै पक्राउ पुर्जी जारी गरेपछि महतो विगत ७ महिनादेखि फरार रहेको उनले बताए ।

महोत्तरी जिल्लाकै घटना र अभियूक्त रहेकाले उनलाई महोत्तरी प्रहरीको जिम्मामा लगाइएको छ ।