जलेश्वर, साउन ६
महोत्तरीमा भतिजलाई रिस उठेपछि काकाकै हत्या गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका हुन् ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भतिज ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका जनकारी दिए ।
बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिज राम नाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिज रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालोले काकाको टाउकोमा प्रहार गरि हत्या गरेको उनले बताए ।
भतिज रामनाथले काका रामबहादुरको टाउकोमा कोदालो प्रहार गर्नासाथ घटनास्थलमै मृत्यु भएको थियो ।
शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजलाई पनि घरैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
