जनकपुर, साउन ६
धनुषामा एक बैँकबाट एक वृद्धको भत्ता लिएर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।
बिहीवार बैँकबाट वृद्ध भत्ता लिएर फरार रहेका धनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थित माची बस्ने २३ वर्षीय सन्तोष कुमार ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाकको विदेह नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीया कुम्हिया देवी भिनवार यादव वडा नम्बर ३ स्थित एनआइसी एसिया बैंकबाट वृद्धा भता लिन गएकी थिइन् । सोही बेला आरोपित ठाकुरले आफु बैंकको कर्मचारी रहेको भन्दै चेक बुक लिएर रूपैया निकाल दिन्छु भन्दै ७३ वर्षिय यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ लिएर फरार भएका थिए ।
ठाकुरलाई बिहीबार राति नै कमला नगरपालिका वडा नम्बर २ स्थित माचीमा रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
आरोपित ठाकुरलाई २० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको उनले बताए । उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
