जनकपुर, साउन १२

जनकपुरधामबाट रकम लुटेको आरोपमा दुई यूवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएका छन् ।

गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका वडा नम्बर ४ घर भई जनकपुरधाम वडा नम्बर १ मा बस्दै आएकी शर्मिला देवीले प्लाष्टिकको झोलामा मोबाइल र सो रकम लिएर जाँदै गरेकोमा झोला लुटेर युवक फरार भएका थिए ।

घटना पछि जानकारी पाएका प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेको दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

No description available.

प्रहरीले उनीहरुको साथबाट लुटिएको मोबाइल र ५४ हजार रुपैयाँ नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक रजौरेले बताए । दुबैजनाले रुपैयाँ लुटेपछि भागवण्डा समेत गरिसकेका थिए ।

No description available.

धनुषा प्रहरीले दुबैजनालाई मोबाईल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको उनले बताए । उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।