जनकपुर, साउन १९
अहिले जनकपुर जेसीजको विवाद चरम उत्कर्षमा पुगेको छ ।
अध्यक्षलाई महासचिव र कोषाध्यक्ष मिलेर तह लगाउने प्रयास गरेपछि नेतृत्व, व्यक्तित्व तथा अनुशासनको पाठ सिकाउने भनिएको जनकपुर जेसीजमा दुई समुह वीचको लडाईले उदांगो पारको छ ।
केहि दिन पुर्व जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले महासचिव महासचिव अजय कुमार गुप्ता तथा कोषाध्यक्ष उपेन्द्र साहले जेसीजको खातामा रहेको रकम मनपर्दी निकालेर हिनामिना गरेको आरोप लगाउँदै साधारणसभाबाट निलम्बन गरेको थियो ।
यता अध्यक्ष राजकुमार साह जनकपुर बाहिर रहेका मौका छोपी निलम्बिनमा परेका महासचिव गुप्ता र कोषाध्यक्ष साहसहितको समुहलेृ बुधवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजकुमार साह माथि विभिन्न आरोप लगाएका छन् ।
अवैधानिक रुपमा महासचिव र कोषाध्यक्षलाई निलम्बन गरेको भन्दै अध्यक्ष विरुद्ध प्रतिवाद गरेका छन् ।
निवर्तमान अध्यक्ष मनोज कुमार साह, पुर्वअध्यक्षहरु निर्मल चौधरी, तुल्सी पजियार, सुधिर पजियार, शंकर प्रसाद साह सहितकालाई राखेर उनीहरुले अध्यक्ष साह गलत किशिमले बिना बोर्ड बैठक राखेर गलत मनसायले कोषाध्यक्ष र महासचिव हटाएको र निवर्तमान कार्यसमिति उपर आर्थिक हिनामिनाको आरोप लगाएको बताए ।
गत बुधवार अध्यक्ष साहले बोलाएको साधारणसभा यस समुहले बिथोल्न चाहेका थिए । वर्तमान अध्यक्ष सहितका समुहले महासचिव गुप्ता र कोषाध्यक्ष साह मिलेर आर्थिक हिनामिना गरेको आरोप लगाइरहेको भन्दै अनुसन्धान हुने र त्यसका लागि समिति समेत बनाइने बताउँदै आएको छ ।
