जनकपुर, साउन २८
मधेश प्रदेशमा ३९ स्थानीय तहले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेट ल्याउन सकेका छैनन् ।
गत आर्थिक वर्षको असारको १० गतेभित्रसम्म ल्याईसक्नुपर्ने आर्थिक वर्ष ०७९÷०८० को बजेट मधेस प्रदेशका ३९ स्थानीय तहले अझैसम्म पनि ल्याउन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६९० स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन् । भने मधेश प्रदेशका ३९ वटा स्थानीय तहहरुले अझैसम्म पनि मन्त्रालयमा विवरण बुझाएका छैनन् ।
मधेस प्रदेशका १३६ स्थानीय तह मध्ये ९७ स्थानीय तहले मात्र बजेट पेश गरेको मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेशका ३९ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी रौतहट जिल्लाका ९ र सबैभन्दा कम महोत्तरीको एक स्थानीय तह छन् भने सप्तरीका ५, सिरहाका ६, धनुषाका ५, सर्लाहीका ३, बाराका ५ र पर्साका ५ वटा स्थानीयतहले बजेट ल्याउन सकेका छैनन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका, बोदेबरसाईन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बिष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिकाले बजेट प्रविष्ट समेत गरेका छैनन् ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकाले बजेट पेश गरेका छैनन् ।
त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
त्यस्तै महोत्तरीको सोनमा गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका, बागमती नगरपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन ल्याएका छैनन् ।
त्यस्तै रौतहटका ईशनाथ नगरपालिका, कटहरिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याएका छैनन् ।
त्यस्तै बारा जिल्लाको महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका र प्रसौनी गाउँपालिकाले अझैसम्मपनि बजेट ल्याउन सकेका छैनन् ।
त्यसैगरी पर्साको पोखरिया नगरपालिका, धोबीनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले बजेट ल्याएका अहिलेसम्म नल्याएको सो मन्त्रालयले जनाएको छ ।
