जनकपुर, साउन ३१

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अगामी मंसिर ४ मा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउनका लागि प्रहरीलाई निर्देशन दिएका छन् ।
मंगलबार जनकपुरधाममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र मधेश प्रदेश प्रहरी कार्यालयको संयूक्त आयोजनामा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीमा बोल्दै गृह तथा सञ्चारमन्त्री साहले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउका लागि प्रहरी संगठनको महत्वपूर्ण भूमिका रहने गरेको बताएका हुन् ।
उनले अपराधको नयाँ नयाँ शैली तथा तरिकाहरूको अनुसन्धानमा नेपाल प्रहरीको पनि क्षमताको विकास गर्दै जानु पर्ने आवश्यकता रहेको औल्याए । उनले अपराधिक घटनाहरु पत्ता लगाउनका लागि मदत मिल्ने उद्देश्यले यसै प्रदेशमा फोरेन्सिक लैबको स्थापनाका लागि गृहकार्य भईरहेको बताए ।
उनले मधेश प्रदेशमा साईबर क्राईम र २० वर्ष भन्दा कम उमेरका यूवा यूवतीहरु भाग्ने र विवाह गर्ने प्रचलन ह्वातै बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने, ‘कानून अनुसार यूवतीतको विवाहका लािग २० वर्षको उमेरको मान्यता छ, तर कम उमेरका यूवा यूवतीहरु भागेर विवाह गर्ने प्रचलन ह्वात्तै बढेकाले कानूनको पालना नभएको अवस्था छ ।’ उनले अघि थप्दैँ भने, ‘कानून कार्यान्वयन नहुँदा यूवा यूवतीकै कारणले पनि निरिहसंगै अराजकता पनि बढेको छ, त्यसैले कडाईका साथ कानूनको पालना गर्न गरउनका लागि प्रहरी संगठनले गम्भिरतापूर्वक लिनुपर्ने आवश्यकता छ ।’
त्यस्तै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयरहित र निष्पक्ष बनाउनमा नेपाल प्रहरीले स्व्तन्त्र, निष्पक्ष र मर्यादितरुपमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उद्देश्य रहेको बताउँदै त्यसका लागि संगठन पूर्ण रुपमा तयार भएको बताए ।
उनले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेका बीच कहिलेकाहीँ एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीन वटै तहका बीचमा समन्वय र सहकार्य सुमधुर हुनुपर्ने बताए ।
उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै प्रदेश स्तरीय गोष्ठीको आयोजना गरिएको बताए । अहिले धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उहाँले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा सञ्चार मन्त्रीसँग आग्रह समेत उनले गरे ।

महानिरीक्षक सिंहलाई जनकपुरधाममा सम्मान

No description available.

यसैवीच स्थानीय विभिन्न संघसंस्था तथा यूवा क्लबहरूले प्रहरी महानिरीक्षक सिंहलाई सम्मान समेत गरेको छ ।
सो कार्यक्रममा समाजसेवी तथा रामानन्द युवा क्लबका संस्थापक अध्यक्ष अमरचन्द्र अनिल, गणेश युवा कमिटी, महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लब लगायत दर्जनौँ संघसंस्था तथा क्लबहरूले महानिरीक्षक सिंहलाई सम्मान गरेको थियो ।