जनकपुर, भाद्र २
प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन् ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर ३ स्थित फुलगमाका २० वर्षीय पंकज साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध ओसारपसार भई रहेको सुचना अधारमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जिरोमाईलबाट ४ हजार ५३० पिस ट्याब्लेटसहित आरोपित साहलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
साहको साथबाट १ लाख २० हजार ८७६ बराबरको लागुऔषध बरामद गरिएको र आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
