जनकपुर, मंसिर ३
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा एक मजदुरको मृत्यू भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित एभरेष्ट पेपर मिलको बेल्टमा अल्झिएर सोही नगरपालिकाको वडा नम्बर ९ स्थित औराहा बस्ने ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यू भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
इप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार शनिबार बिहान १० बजे पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
मृतकको परिवार र मजदुरहरु तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।



