जनकपुर, मंसिर २७
धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
उक्त रकमसहित पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नम्बर १ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको धनुषा प्रहरीलाई जनाएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ इटहर्वास्थित सीमा इलाकामा सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
आरोपितलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल धनुषा मुख्यालयले जनाएको छ ।



