जनकपुर, माघ १

प्रत्येक वर्ष झैँ यस वर्षपनि यूवाहरुले माघे संक्रान्तिको अवसरमा खिचडी भोजको आयोजना गरेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी चोक स्थित अंगराजसर सागरको डिलमा १२ वर्षदेखि निरन्तररुपमा खिचडी भोजनको आयोजना गर्दै आएका छन् ।

भाइचारा, सदभाव तथा संस्कृतिको संरक्षणको उदेश्यले विगत १२ वर्षदेखि खिचडी भोजको परम्परालाई कायम जोगाउँदै यूवाहरुको अग्रसरतामा खिचडी भोज हुदैँ आएको यूवा अभियन्ता सुशील कर्ण बताए ।

No description available.

उनले मिथिला संस्कृतिको सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेकोले पनि यस परम्पराको सुरुवात गरिएको भने ।

सो भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यसायी, व्यापारी, यूवा तथा समाजसेवी सहित करिब एक हजार व्यक्तिको सरिक थियो ।
यस भोजमा खिचडी, पापड, अचार, दही, चिनीसहितका विभिन्न परिकारको भोजनको व्यवस्था रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.