काठमाडौँ, माघ १
नेपाल सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषदको बैठकबाट माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनले भने, “आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।”
उनले अघि थप्दै भने, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”



