काठमाण्डौ, माघ १

पोखरामा भएको विमान दुर्घटनापछि यति एयरलाइन्सले सोमबारका लागि निर्धारण गरेको सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ ।

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको जनाइएको हो । तथापि आपत्कालीन तथा उद्धारका उडानहरू भने सुचारु रहने स्पष्ट पारेको छ ।

आइतबार विहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी विहान ११ बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । सो घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।322243868_1108623459832850_3567447240207904652_n

विमान दुर्घटनामा परी भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक मुलुकभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयपनि सार्वजनिक गरेको छ ।