जनकपुर, माघ ३

पोखरामा भएको जहाज दुर्घटनामा परेर असमायिक निधन भएका पत्रकार नेता त्रिभुवन पौडेलसहितकाहरुको शोकमा प्रेस सेन्टर नेपालले दिप प्रज्वलन गरेको छ ।

मंगलबार जनकपुरको जनक चोक स्थित जनक मन्दिरको प्रांगणमा विमान दुर्घटनमा परेर दुःखद निधन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष, गण्डकी प्रदेश इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलगायतका निधन भएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले दीप प्रज्वल गरेको हो ।

मंगलबार जनकपुरधामको स्थानीय जनक चोकमा प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिको आयोजन तथा प्रेस सेन्टर नेपाल धनुषा शाखाको संयोजनमा दीप प्रज्वलन गरेको छ ।

May be an image of 5 people, people standing and outdoors

प्रेस सेन्टर नेपाल धनुषाको संयोजनमा भएको दीप प्रज्वलन कार्यक्रममा विमान दुर्घटनामा परी निधन भएका ७२ जनाको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरेको थियो । त्यस्तै सप्तरीको राजविराजमा पनि प्रेस सेन्टर नेपाल सप्तरी शाखाले निधन भएका पौडेलप्रति श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए ।

उनी अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।

May be an image of 2 people

No description available.