ओबिसी विशेष महाधिवेशन

जनकपुर, माघ ६

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाज रुपान्तरणका लागि सबै एकजुट भएर बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा नेपाल पिछडावर्ग महासंघ (ओबिसी) को विशेष महाधिवेशनको समुद्घाटन गर्दै सभामुख मण्डलले समाज उत्थानका लागि सबै वर्गले आ–आफ्नो स्थानबाट अघि बढ्नुपर्ने बताएका हुन् ।No description available.

उनले कतिपय वर्गले आफ्नो जीवनचर्यालाई अर्थसंग जोड्न नसकेकाले समाजमा पछाडी परेकाले पिछडावर्गको उदय भएको भन्दै उनले गरिब, असहाय तथा समाजमा पछि परेकाहरुले गरिरहेका कामलाई अर्थ उपार्जनसँग जोड्नुपर्ने बताए । सभामुख मण्डलले भने ‘नेपाल आफैमा आर्थिक रुपमा पिछडिएको मुलुक हो त्यसमाथी केही वर्ग झन पछि पारिएका छन् ।’

उनले सबै वर्गलाई समेट्ने गरी समाज उत्थानको दिशामा नेपाल पिछडा वर्ग महासंघले काम गर्न आग्रह गर्दै उनले आर्थिक तर्फ ओबिसीले ध्यान दिनुपर्ने आवश्यकता रहेको टिप्पणी गरे ।

No description available.

नेपाल पिछडावर्ग महासंघ (ओबिसी)को अध्यक्ष गजेन्द्र ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेशन महेन्द्रप्रसाद साहको अध्यक्षतामा सुरु भएको हो । दुई दिनसम्म जारी रहेको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।No description available.

अध्यक्ष ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरिएको बताए । उनी निलम्बनमा परेपछि बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रिय अध्यक्ष साहले स्पष्ट पारे ।

ओबिसी संस्था कुनै पनि राजनीतिक दलसंग आवद्ध नरहेको भन्दै उनले यस संस्थाको गरिमामा ठेस पुग्ने गरी उनले काम गरेको आरोपे समेत लगाए ।

महासचिव बबिता पूर्वेले अबको नेतृत्व पिछडा वर्गको हकहितमा केन्द्रित भएर काम गर्ने बताइन् ।No description available.