जनकपुर, माघ ७
रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित भएपछि उनको गृहनगरमा खुसीयाली छाएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ (ख)बाट प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित मण्डल प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि उनको गृहनगर मिथिला बिहारी नगरपालिकामा अहिले खुशियाली छाएको छ ।
मण्डल सभामुखमा निर्वाचित भएपछि उनको जितको खुशियालीमा गृहनगरका विभिन्न वडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
सभामुख मण्डल निर्वाचित भएपछि मिथिला विहारी नगरपालिकाको वडा नम्बर–१ भूतही पटेर्वा, वडा नम्बर–३ कजरा रमौल, वडा नम्बर–४, मिथिलेश्वर मौवाही र वडा नम्बर–५ ललियालगायतका स्थानमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
सो क्रममा यहाँको शिक्षा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको भन्दै सभामुख मण्डलसँग स्थानीयले गुनासो गरेका छन् । यस क्षेत्रमा शिक्षा स्वास्थ्यमा सुधारका लागि पहल गरिदिन उनीहरुले सभामुख मण्डलसँग आग्रह गरे । उनले आ–आफ्नो बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्न समेत आग्रह गरे । शिक्षा क्षेत्रमा सुधार भए मात्र समाजको चौतर्फि विकास हुने सभामुख मण्डलले बताए ।



